२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस



बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीले आफ्‌नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट नाम कमाएको संस्थाले साउन ४ गतेबाट स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो ।

आज समापन कार्यक्रममा बोल्दै बुटवल २ का वडा अध्यक्ष सुनिल शाक्यले बुटवलको पहिचान अटो भिलेजले बनाएको बताउँदै अझै गुणस्तरीय कार्य गर्दै यो क्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले वडा तथा नगरको बजेटबाट यहाँका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लगायतका विभिन्न कार्यहरूको लागि वडाले बजेट विनियोजन गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष खड्ग बहादुर गौतमले स्थापना दिवस भन्नु संस्थाको जन्मदिन भएकोले स्थापनाको उद्देश्य अनुसारका गतिविधिमा संस्थालाई चलायमान बनाउन आग्रह गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जर्नादन गैरेले देशभर नै व्यवसायीलाई सङ्गठित गर्दै बुटवलले नेतृत्व लिने गरि कामहरू भइरहेको बताउँदै महासंघको भवन बुटवलमा रहनु महत्त्वपूर्ण कुरा रहेको उल्लेख गरे ।

संस्थाका निवर्तमान अध्यक्ष तथा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका सचिव तुल्सिराम न्यौपानेले संस्थाको गतिशीलताले व्यवसायीहरूका समस्या समाधानमा उत्प्रेरित भएको उल्लेख गरे ।

संस्थाका अध्यक्ष प्रेम गौचनले साउन ६ गते वृक्षारोपण, ९ गते ब्याडमिन्टन तथा १९ गते फुटसल प्रतियोगिता सञ्चालन गरेको बताउँदै मैनाबगर अटो भिलेजलाई सौन्दर्यीकरण लगायतका कामहरू भइरहेको दाबी गरे ।

सो अवसरमा स्थापना दिवसमा भएका प्रतियोगिताका विजेता तथा उपबिजेतालाई पुरस्कार प्रदान गर्नुका साथै कार्यक्रम संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उद्योग उपाध्यक्ष ध्रुवराज भुसालको स्वागत तथा महासचिव पुनीत पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ४ : ०३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले