७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस



बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीले आफ्‌नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट नाम कमाएको संस्थाले साउन ४ गतेबाट स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो ।

आज समापन कार्यक्रममा बोल्दै बुटवल २ का वडा अध्यक्ष सुनिल शाक्यले बुटवलको पहिचान अटो भिलेजले बनाएको बताउँदै अझै गुणस्तरीय कार्य गर्दै यो क्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले वडा तथा नगरको बजेटबाट यहाँका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लगायतका विभिन्न कार्यहरूको लागि वडाले बजेट विनियोजन गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष खड्ग बहादुर गौतमले स्थापना दिवस भन्नु संस्थाको जन्मदिन भएकोले स्थापनाको उद्देश्य अनुसारका गतिविधिमा संस्थालाई चलायमान बनाउन आग्रह गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जर्नादन गैरेले देशभर नै व्यवसायीलाई सङ्गठित गर्दै बुटवलले नेतृत्व लिने गरि कामहरू भइरहेको बताउँदै महासंघको भवन बुटवलमा रहनु महत्त्वपूर्ण कुरा रहेको उल्लेख गरे ।

संस्थाका निवर्तमान अध्यक्ष तथा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका सचिव तुल्सिराम न्यौपानेले संस्थाको गतिशीलताले व्यवसायीहरूका समस्या समाधानमा उत्प्रेरित भएको उल्लेख गरे ।

संस्थाका अध्यक्ष प्रेम गौचनले साउन ६ गते वृक्षारोपण, ९ गते ब्याडमिन्टन तथा १९ गते फुटसल प्रतियोगिता सञ्चालन गरेको बताउँदै मैनाबगर अटो भिलेजलाई सौन्दर्यीकरण लगायतका कामहरू भइरहेको दाबी गरे ।

सो अवसरमा स्थापना दिवसमा भएका प्रतियोगिताका विजेता तथा उपबिजेतालाई पुरस्कार प्रदान गर्नुका साथै कार्यक्रम संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उद्योग उपाध्यक्ष ध्रुवराज भुसालको स्वागत तथा महासचिव पुनीत पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ४ : ०३ बजे

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको