२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आजबाट बुटवल भ्यू प्वाइन्ट उद्यान संचालनमा, मुख्यमन्त्री आचार्यले गरे उदघाटन



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको उद्घाटन गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टको आज एक कार्यक्रमबीच मुख्यमन्त्री आचार्यले उदघाटन गरेका हुन् । सो क्षेत्रलाई प्रदेश सरकारले जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले पूर्वाधार विकास गरिरहेको बताए ।

उनले भने,ञपार्क निर्माण गर्न सजिलो लागे पनि यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण विषय हो । संरक्षण र सम्वर्द्धनको मुख्य जिम्मेवारी स्थानीय समुदायको हुनुपर्छ । पार्कहरूलाई आयआर्जनको स्रोतका रूपमा रूपान्तरण गर्न सकिन्छ ।झ

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, समाजसेवी, अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सरकारले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामुदायिक सहभागितालाई जोड दिँदै पर्यटन गन्तव्यको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्य राखेको छ ।

जितेश्वरी पाणिनि उद्यानबाट बुटवल सहर तथा आसपासको मनोरम दृश्यावलोकन गर्न सकिने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : २९ बजे

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको