५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

आजबाट बुटवल भ्यू प्वाइन्ट उद्यान संचालनमा, मुख्यमन्त्री आचार्यले गरे उदघाटन



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको उद्घाटन गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टको आज एक कार्यक्रमबीच मुख्यमन्त्री आचार्यले उदघाटन गरेका हुन् । सो क्षेत्रलाई प्रदेश सरकारले जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले पूर्वाधार विकास गरिरहेको बताए ।

उनले भने,ञपार्क निर्माण गर्न सजिलो लागे पनि यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण विषय हो । संरक्षण र सम्वर्द्धनको मुख्य जिम्मेवारी स्थानीय समुदायको हुनुपर्छ । पार्कहरूलाई आयआर्जनको स्रोतका रूपमा रूपान्तरण गर्न सकिन्छ ।झ

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, समाजसेवी, अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सरकारले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामुदायिक सहभागितालाई जोड दिँदै पर्यटन गन्तव्यको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्य राखेको छ ।

जितेश्वरी पाणिनि उद्यानबाट बुटवल सहर तथा आसपासको मनोरम दृश्यावलोकन गर्न सकिने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : २९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही