१० चैत्र २०८२, मंगलबार | March 24, 2026

उद्योगी व्यवसायीका अगुवा स्वर्गीय अच्युत प्रसाईँको स्मरणमा दीप प्रज्वलन



नेपालगन्ज । नेपालगन्जको व्यवसायिक आन्दोलनका अगुवा स्वर्गीय अच्युत प्रसाईलाई नेपालगन्जमा स्मरण गरिएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले स्वर्गीय प्रसाईंलाई प्रथम पून्यतिथिको दिन पारेर दीप प्रज्वलन गर्दै स्मरण गरेको हो ।

लामो समयदेखि निश्क्रिय रहेको नेपालगन्ज उद्योग वाणिज्य संघलाई पुनजागृत गर्ने आन्दोलनको नेतृत्व गरेका प्रसाईं नेपालगन्ज उद्योग वाणिज्य संघका दुई कार्यकाल पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रहेका थिए ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सतिस अग्रवाल, पूर्व महासचिव अशोक कर्माचार्य लगायतले बोलेका प्रसाईँको योगदानको चर्चा गरेका थिए।

सम्बोधनका क्रममा वक्ताहरूले स्वर्गीय प्रसाईंले नेपालगन्जलाई दिएको योगदान अतुलनिय रहेको बताएका थिए । वषौंदेखि साधारण सभा समेत हुन नसकेको उद्योग वाणिज्य संघलाई चलायमान गराउँदै नेपालगन्जको एउटा कुनामा थन्क्याइएको संघलाई चलायमान बनाउन र संघमा आम ब्यवसायीको पहँच पुर्याउने कार्यको आन्दोलनमा प्रसार्एँले नेतृत्व गरेका थिए । उनकै कार्यकालमा संघको नयाँ भवन र बिधान संशोधन गरि आम उद्योगी व्यवसायीलाई संघको सदस्यता हुने प्रेरित गरिएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १० : ४० बजे

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी