२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दिव्य पशुपतिनाथ सफाइमा कलाकार



काठमाडौँ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सफाइ गरेका छन् । ‘एक वर्ष एक सङ्कल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो ।

‘क्लाइमेट स्मार्ट सिटिज्’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत आज नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू चक्र बम, टङ्क तिमिल्सेना, चेतन बोहोरा, लालबहादुर धामी, अनिता चलाउने, हाँस्यकलाकार हेमराज अधिकारीलगायतले मन्दिर परिसरमा सफाई गरेका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिए ।

बढ्दो प्लास्टिक फोहोर व्यवस्थापन, वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको अभियानमा समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई सरिक गराउने नीतिअनुसार आज सुदू्रपश्चिमका चर्चित कलाकारले सफाइ गरेका उनले बताए ।

कार्यक्रममा क्रेसन नेपाल, फाउण्डेसनका स्वयम्सेवक र सेन्ट लरेन्स कलेजका विद्यार्थीको समेत सहभागिता रहेको थियो । त्यस क्रममा ३०० सय किलोग्रामभन्दा बढी फोहोर सङ्कलन भएको थियो । फोहोरमा प्रायः चुरोट, गुट्खा र चक्लेटका खोल तथा मेडिकल सामग्रीलगायत भेटिने गरेको अभियान्ता फाउण्डेशनका अध्यक्ष खनालले जानकारी दिए ।

“विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र फोहोर हुनुले नेपालकै छविमा नराम्रो सन्देश जान्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि अभियान सुरु गरेका छौँ, यो निरन्तर जारी रहनेछ । यसमा सबैको सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ”, उनले भने ।

यही साउन ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभियान शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ५६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष