३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

सामुदायिक मुटु अस्पतालमा भिडियो एक्स-रे गर्न पुगेकी किशोरीमाथि यौन दुर्व्यवहार !, एकजना कर्मचारी पक्राउ



बुटवल । रुपन्देहीको बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका कर्मचारीले एक सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेका छन् । अस्पतालको एक्स-रे विभागमा कार्यरत कर्मचारीले सेवाग्राही किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ती कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने कर्मचारीमा अस्पतालमा एक्स-रे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम रहेका छन् । एक्स-रे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी १७ वर्षिया किशोरीलाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यौन दुर्व्यवहार गर्ने कर्मचारीमाथि कडा कारवाही गर्न बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बलबहादुर पुनले माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै वडा अध्यक्ष पुनले घटनमा संलग्न व्यक्तिमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १० : १२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र