१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बागेश्वरी महाआरतीको १३३ औं सृङ्खलामा महा रुद्राभिषेक गरिने, भोलि सात लाख लक्ष्यबत्ती प्रज्वलन गरिँदै



नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध शक्तिपिठमा हुँदै आएको महाआरतीको १३३ औं सङ्खलामा रुद्राभिषेक गरिने भएको छ । भोली सोमबार हुने बागेश्वरी महाआरतीमा सात लाख दिप प्रज्वलन (लक्ष्यवती) सहित रुद्राभिषेक प्रारम्भ गरिने भएको हो ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीले आज पत्रकार सम्मेलन गर्दै महाआरतीको १३३ औं सृङ्खलालाई विशेष बनाउने गरि तयारी गरिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीका अध्यक्ष गोपाल प्रसाद अधिकारीले महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरका मठाधीश, सन्त, महन्तका साथै छिमेकी भारत उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरिएको जानकारी दिए । श्रावणमा आराध्यदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्नाले मनोकामना पुरा हुने र दिर्घआयु हुने धार्मिक विश्वास रहँदै आएको छ ।

बागेश्वरी परिषरमा यसै महिनाको पहिलो सोमबार अष्टधातुको खडेश्वर महादेवको मूर्ति पुनस्र्थापना गरि प्राणप्रतिष्ठा गरिएको थियो । महादेवको नटराज स्वरुप जुङ्गा भएको दुर्लभ शिव मूर्ति नेपालगन्जमा मात्र दर्शन गर्न पाइने धार्मिक अगुवाहरुले दाबी गर्दै आएका छन् ।

अध्यक्ष अधिकारीले नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख दिप प्रज्वलन (लक्ष्यवती) प्रज्जवल गरिने बताँउदै श्रावणको अन्तिम सोमबार साउन २६ गते संचालन हुने १३३ ओै श्रृङखलाको महाआरतीमा रुद्राभिषेक समापन गरेर भक्तजनलाई रुद्राक्ष प्रसाद उपलब्ध गराइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनोज श्रेष्ठ, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, गुठी समितिका सदस्य एव वागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिह हमाललगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४६ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि