२९ असार २०८३, सोमबार | July 13, 2026

बागमतीका मुख्यमन्त्री लामाले राजीनामा दिँदै भने-‘सभापतिको निर्देशन माने’



हेटौंडा । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । राजीनामा दिए लगत्तै उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको पनि बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न सभापतिको आग्रह पछि राजिनामा दिएको हुँ,’ उनले भने ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पदभार ग्रहण पछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लामा बिरूद्द कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसपछि ३७ मध्ये १४ मत मात्रै उनले पाएका थिए भने उनको बिपक्षमा २२ मत परेको थियो ।

सो पछि संसदीय दलको नेतावाट मुक्त भएका उनी बानियाँसँग पराजित भएका थिए । लामाले राजीनामा दिए पछि बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ४५ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही