२० मंसिर २०८२, शनिबार | December 6, 2025

राप्ती र बबईमा जलसतह बढ्दो क्रममा : सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा राखियो



नेपालगन्ज । बाँकेको राप्ती र बर्दियाको बबई नदीमा जलस्तर खतराको बिन्दु पार गरेको छ । लगातारको वर्षा क कारण नदीको वहावले खतराको बिन्दु पार गरेसँगै त्यस क्षेत्रमा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ । नदीको सतह बढ्ने क्रम जारी रहेकाले सुरक्षाकर्मीलाई ‘हाई एलर्ट’ मा राखिएको हो ।

भारी वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा जलस्तर खतराको तहमा पुगेसँगै ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटिइसकेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाको भगवानपुर क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी गंगापुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र बहादुर भण्डारीको कमान्डमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली परिचलान गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । सम्भावित जनधनको क्षतीबाट जोगाउन सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीको कम्दी पुल आसपास इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख सहायक निरीक्षक मोहन वलीको नेतृत्वमा सुरक्षाकर्मी खटिएको छ । राप्ती नदीको जल सतहले खतराको संकेत दिएपछि सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण सम्शेरगन्जमा विपद् व्यवस्थापनसहितको टोलीलाई तयारी हालत राखिएको छ भने उक्त गणबाट राप्ती नदी किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क गराउँदै पैदल गस्ती गरिरहेको बताइएको छ ।

उता बर्दियामा पनि बबई आसपासका क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बर्दियामा ठूलो संख्यामा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली खटाइएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ । निरन्तर झरी परेपछि राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा छ ।

यद्देपी यो समाचार पार्दासम्म कुनै जनधनको क्षति पुगेको छैन । नदीको अग्रस्थानहरुमा वर्षा जारी रहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले