१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

काश्मिर मामिलामा पाकिस्तानी दूतावासद्वारा काठमाडौंमा छलफल कार्यक्रम



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंमा “योम-ए-इस्तेहसाल: राजनीतिक र मानव अधिकार सम्बन्धी प्रभाव” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको छ । सो छलफल कार्यक्रम काश्मिर मामिला विषयमा केन्द्रित थियो ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका सन्देशहरू कार्यक्रममै वाचन गरिएको थियो।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पठाएको सन्देशमा उनले भारत प्रशासित जम्मु-कश्मीरका जनताप्रति पाकिस्तानको दृढ समर्थन रहेको जनाएका छन् । उनले दक्षिण एशियामा स्थायी शान्तिका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावअनुसार कश्मीर विवादको समाधान आवश्यक रहेको जिकिर गरे ।

प्रधानमन्त्री मियाँ मुहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा भने कि पाकिस्तान कश्मीरी जनताको पक्षमा दृढ रूपमा उभिएको उल्लेख गर्दै एकपक्षीय रुपमा स्थिति बदल्न नसक्ने बताए । उनले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति निरन्तर समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इस्हाक डारले आफ्नो सन्देशमा भारतले जम्मुकाश्मिर क्षेत्रको जनसांख्यिकीय तथा राजनीतिक स्वरूप परिवर्तन गर्ने प्रयास गर्दै आएको छ आरोप लगाए ।

कार्यक्रममा राजदूत अबरार एच. हाश्मीले दक्षिण एशियामा स्थायी शान्ति कश्मीर विवादको न्यायपूर्ण समाधानबिना सम्भव नरहेको जिकिर गरे।

सहभागीहरूको प्रश्नहरूको उत्तर दिँदै उनले उनीहरूको सुझावको कदर गर्दै काश्मिरका जनताप्रति देखाइएको समर्थनका लागि आभार व्यक्त गरे।

सहभागीहरूले भारत सरकारले एकपक्षीय रूपमा चालेका कदमले कश्मीरमा जनताले भोग्नुपरेको पीडालाई अन्तर्राष्ट्रिय रूपमा उठाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले नेपाल सरकारलाई भारत–पाकिस्तानबीचका विवाद समाधान गर्न पहल गर्नुपर्ने सुझावसमेत दिए।

कार्यक्रममा पत्रकार, लेखक, विश्लेषकहरू साथै मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : २२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले