२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एन आई सी एशियाका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको सुविधा



काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्सालज्यू र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : १७ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै