६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पाको झिगामारामा पाँच देशका बौद्ध भिक्षु वर्षाबासमा



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-१ झिगामारामा विभिन्न ५ राष्ट्रको बौद्ध भिक्षुहरु वर्षाबासमा रहेका छन् । बौद्ध धर्मको परम्परा अनुसार ३ महिनासम्म बसिने विशेष ध्यान तथा अध्ययनसहितको बासका लागि सिङ्गापुरबाट आएका बौद्ध भिक्षु आचान केङ, थाइल्याण्डबाट आएका आचान पोंगपट र आचान योडलाक, बेल्जियमबाट आएका कृबेर राल्फ र मलेसियाबाट आएका फ्रा माओ वर्षाबासमा रहेका छन् ।

हरेक वर्ष आषाढ शुक्ल पूर्णिमादेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म वर्षाबास बस्ने चलन रहेको छ । यस अवधिमा भिक्षु तथा केही परम्परामा भिक्षुणीहरू पनि एउटै विहार वा मठमा बस्दै ध्यान, व्रत, धर्मअध्ययन र आत्मअनुशासनमा समर्पित हुने प्रचलन रहेको छ । वर्षाको समयमा बाटाहरू हिलोमय र कठिन हुने, यात्रा गर्दा खेतीबाली नष्ट हुन सक्ने, साना जीवजन्तु र बिरुवाहरूलाई अन्जानमा क्षति पुग्न सक्ने भएकाले भगवान गौतम बुद्धले यी समस्याबाट जोगिनका लागि बुद्धले वर्षा ऋतुमा एकै स्थानमा स्थायी रूपमा बस्नुपर्ने नियम बनाएको धार्मिक मान्यता पाइन्छ ।

वर्षाबास अवधिमा भिक्षुहरू एउटै मठ वा आश्रममा बस्ने गर्दछन् भने केवल अत्यावश्यक कारण जस्तै, बिरामी आफन्तको हेरचाह, आपतकालीन अवस्थामा सीमित समयका लागि बाहिर जान सकिने नियम रहेको बौद्ध भिक्षु तथा वर्षाबासको व्यवस्थापन गर्दै आएका सन्दिप कार्कीले जानकारी दिए । यो नियम अनुसार कुनै कारणले वर्षाबास बसेको ठाउँमा ७ रातभन्दा बढी अनुपस्थित हुँदा नियम उल्लङ्घन भएको मानिन्छ । यस अवधिमा गहिरो ध्यान साधना, धर्म अध्ययन र गृहस्थहरूलाई उपदेश दिने कार्यहरूमा वृद्धि हुने मान्यता रहेको उनी बताउँछन् ।

बुद्ध जन्मस्थल लुम्बिनीदेखि उत्तर करिब ३५ किलोमिटर दूरीमा रहेको झिगामारा ध्यान तथा तपस्याका लागि बनाइएको विहारमा अन्तर्राष्ट्रिय स्तरका भिक्षुहरुसमेत आएर ध्यानमा बसेको जानकारी गराउँदै स्थानीय अम्बरबहादुर तरामूले यस क्षेत्रलाई धार्मिक रुपमा बिकास गर्न सकिने बताए । विहार व्यवस्थापन हेर्दै आएका भिक्षु सन्दिप कार्कीले भविष्यमा बौद्ध धर्म सम्बन्धी शिक्षा प्रदानका लागि ध्यानस्थल बनाउने योजना रहेको जानकारी गराए ।

यसैगरी बौद्धज्ञान हासिल गर्नका लागि सयौं नेपालीहरु बौद्ध विक्षुहरु थाइल्याण्ड लगायतका देशहरुमा जाने गरेको बताउँदै उनले नेपालमै उक्त ज्ञान प्रदान गर्ने स्थलको रुपमा विकास गर्ने योजना रहेको बताए । विदेशी राष्ट्रका बौद्ध भिक्षुहरुलाई समेत यस ठाउँमा ध्यानका लागि आउने वातावरणसहितको बिहार विकासमा लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ०६ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको