१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

कालिजफार्मले पर्यटक तान्दै बुटवल नजिकैको झिँगामारा



बुटवल । पश्चिम पाल्पाको पर्यटकीयस्थल तिनाउ गाउँपालिका वडा नं. १ झिँगामाराका स्थानीयहरु बसाई सर्दै तराइतिर झर्दै जाँदा खेतीयोग्य जमिन पनि बञ्जर बन्दै गयो । तर सम्भावनाको खोजी गर्दै तराईमा बस्दै आएका २ जना लगानीकर्ताहरु भने अहिले फेरि उही झिँगामारा फर्किएका छन् । भिरालो र बञ्जर जमिनको उपयोग गर्दै झिँगामारा फर्किएका मोतीराम गौतम र मोतीराम न्यौपानेले पानस वाईल्ड लाईफ एग्रो प्रालीएण्ड रिसोर्ट सेन्टर सञ्चालनमा ल्याएका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिको रानीबगिया चोकबाट करिब ९ किलोमिटरको दुरीमा रहेको झिँगामारामा सम्भावनाको खोजी गर्दै तीनवर्ष अघि उनीहरु आइपुगेका हुन् । पानीको अभावले गर्दा खेतीपाती राम्रोसँग नहुने, उपयोगमा नआएको ८० रोपनी जग्गा किनेर यी दुई युवाले कालिज पालनसँगै कुखुरापालन, बाख्रापालन गर्दै अहिले रिसोर्ट सञ्चालन गरिरहेका छन् ।

विगत १० वर्षदेखि कृषि क्षेत्रमा काम गर्दै आएका एक संचालक मोतीराम गौतम कृषिलाई व्यवसायिकरण गर्ने उद्देश्यले आफ्नो उत्पादन आफैले खपत गरी आर्थिक समृद्धिमा लाग्ने सोचका साथ रिसोर्ट सञ्चालनमा ल्याएको बताउँछन् । ‘अहिले ५ रोपनी जग्गामा कालिज पालन सुरु गरेका छौ । सुरुमा पोखराबाट कालिजका चल्ला ल्याएर कालिजपालन सुरु गरेका हौं, अहिले हामीले यही नै चल्ला उत्पादन सुरु गरेका छौं ।’, गौतम भन्छन, ‘अहिले ह्याचरी मेशिन ल्याएर कालिजको चल्ला पनि बिक्रि गर्दै आएका छौं । जग्गा प्रशस्त छ, कालिजको संख्या बढ्दै जाँदा फार्म बढाउँदै जाने सोचमा छौं ।’

गौतम र न्यौंपानेले २ वर्षदेखि करिब २ करोड ५० लाख रुपैयाँको लगानीमा कालिजपालन सुरु गरेका हुन । भिरालो जमिनमा तारबारसँगै कालिज बस्ने स्थानमा जालीले छोपिएको छ । हावापानीले पनि कालिजपालनको लागि यस स्थान उपयुक्त रहेकाले व्यवसायमा राम्रो फाइदा हुने गरेको संचालक गौतमले बताए । एउटा कालिज २५ सयदेखि ३ हजारसम्ममा बिक्रि हुने गरेको छ ।

यस स्थानलाई कालिज पालनसँगै पर्यटनसँग जोड्ने उनीहरुको लक्ष्य छ । तराईमा गर्मी बढ्दा यस स्थानमा अनुकुल हावापानी हुने गर्दछ । यहाँबाट रुपन्देहीको सैनामैना र बुटवल नजिकै पर्दछ । बुटवलबाट छोटो दुरीमारहेको चुरे पहाडमा अवस्थित यस ठाउँबाट मौसम सफा रहेको समयमा दक्षिणतर्फ विश्व शान्तिको केन्द्र लुम्बिनीसम्मको दृश्य देख्न सकिने तथा उत्तरतर्फ अग्ला पहाडी महाभारत अवलोकन गर्न पाइने भएकाले यहाँ एकपटक आउनैपर्ने बताउँछन् अर्का सञ्चालक मोतीराम न्यौपाने ।

कालिजपालन सुरु भएपछि यसको अवलोकन गर्नतराईबाट मानिसहरु आउन थालेपछि कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यले रिसोर्ट पनि सञ्चालनमा ल्याएको न्यौपानेले बताए । फार्म सञ्चालन गरेपछि ७ जना स्थानीयले रोजगारी समेत पाएको न्यौपानेले बताए । अझैं यो फार्मलाई विस्तार गर्दै पशुपालनतर्फ जग्गालाई सदुपयोग गर्ने लक्ष्य रहेको उनले बताए ।

‘कालिज फार्मसँगै अहिले रिसोर्ट पनि सञ्चालनमा ल्याएका छौं’, न्यौपाने भन्छन, ‘यँहा अवलोकन गर्नको लागि तराईबाट मानिसहरु आउँने गरेका छन । बस्न, खाना र यँहाको दृश्य अवलोकन गर्नको लागि रिसोर्ट सञ्चालनमा ल्याएको हौं । फार्मको माथिल्लो भागमा रिसोर्ट सञ्चालन गरेका छौं भने तलपट्टीको जग्गामा कालिजसँगै, लोकल कुखुरा र बाख्रा पनि पालेका छौं ।’

उनीहरुले फार्मसँगै ७ बेडका फरक-फरक रुमसहित ५० जना क्षमताको मिनिहल, रेष्टुरेण्ट तथा बारसहितको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । दुई जनाको लगानी रहेको रिसोर्टलाई पर्यटक तथा ग्राहकको माग र आवश्यकता अनुसार थप सुविधा सम्पन्न र स्तरोन्नती गरेर लैजाने उनीहरुले योजना बनाएका छन् ।

कच्ची सडकका कारण पर्यटकलाई रिसोर्टसम्म पुग्न भने केही कठिन छ । राजमार्गबाट छोटो दुरी भएपनि हिउँदमा खासै समस्या नभएता पनि वर्षायाममा समस्या हुन्छ । सडक सुधार हुनसक्यो भने लुम्बिनी प्रदेशको आर्थिक राजधानी बुटवलबाट नजिकै भएका कारण झिँगामारा ग्रीष्मकालीन गन्तव्य बन्न सक्छ । मोतीराम बन्धुहरुको पनि यही अपेक्षा छ ।

 

 

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ४० बजे

नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले

सोलार फार्म लिमिटेडले पायो ९० मेगावाट सोलार इनर्जीको ठेक्का

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी (सौर्य ऊर्जा) परियोजनाका

पत्रकार महासंघको तेस्रो पटक निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा

सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव

काठमाडौं । नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार