६ श्रावण २०८३, बुधबार | July 22, 2026

शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड



काठमाडौं । शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् ।

फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । हेर्नुहोस् यो टेस्ट खेलमा बनेका ६ ठूला रेकर्डहरूः

मोहम्मद सिराजले लिए २३ विकेटः

अन्तिम टेस्टका नायक बने फास्ट बलर सिराज, जसले दोस्रो इनिङ्समा पाँच विकेट लिएका थिए । अन्तिम दिन भारतलाई जितका लागि ४ विकेट चाहिएको थियो, जसमा सिराज एक्लैले ३ विकेट लिएका थिए । योसँगै मोहम्मद सिराजले यस सिरिजमा २३ विकेट लिएर बुमराहको कीर्तिमानको बराबरी गरेका छन् । इंग्ल्याण्डमा भारतीय बलरको यो उत्कृष्ट प्रदर्शन हो । बुमराहले २०२१-२२ मा २३ विकेट लिएका थिए।

एन्डरसन-तेन्दुलकर ट्रफीमा सर्वाधिक विकेट

यस सिरिजबाट सुरु भएको एन्डरसन-तेन्दुलकर सिरिजमा सबैभन्दा बढी विकेट लिने बलर पनि मोहम्मद सिराज नै हुन्। उनले ५ टेस्ट खेलेर २३ विकेट लिएका छन् । दोस्रो स्थानमा इङ्ल्यान्डका जोश टङ्गु छन्, जसले १९ विकेट लिएका छन् ।

भारतीय क्रिकेट टिमको सबैभन्दा नजिकको जित

‘द ओभल’ मा भारतीय टोलीले ६ रनले जित्यो, जुन टेस्ट क्रिकेटमा भारतको सबैभन्दा सानो रनको जित हो। यसअघि सन् २००४ मा भारतले अस्ट्रेलियाविरुद्ध मुम्बईमा भएको टेस्ट १३ रनले जितेको थियो ।

भारतले सिरिजमा बनायो ३८०९ रन 

भारतले यस सिरिजमा ३ हजार ८०९ रन बनाएको छ, जुन ५ म्याचको टेस्ट सिरिजमा कुनै पनि टोलीले बनाएको भन्दा सबैभन्दा धेरै रन हो। इंग्ल्याण्डले भारत विरुद्धको लगातार चौथो सिरिज जित्न सकेको छैन ।

जो रुटले स्टिभ स्मिथको बराबरी गरे

जो रुटले पाँचौं टेस्टमा १०५ रन बनाए, जुन उनको भारतविरुद्धको टेस्टमा १३ औँ र १६ औँ अन्तर्राष्ट्रिय शतक हो। उनले भारतविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने स्टिभ स्मिथको बराबरी गरेका छन् ।

शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान

भारतीय कप्तान शुभमन गिलले यस सिरिजमा ७ सय ५४ रन बनाएका छन्, जसले इंग्ल्याण्डका पूर्व कप्तान ग्राहम गुचको कीर्तिमान तोडेका छन् । गिल भारत र इंग्ल्याण्डबीचको टेस्ट सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान गुचको नाममा थियो जसले सन् १९९० मा ७५२ रन बनाएका थिए ।

 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : २२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज