२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

हावाहुरीले मकैबालीमा क्षतिहुँदा किसान चिन्तित



भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् ।

मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताईन । फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पु¥याउँदै आएको कृषकहरुको उनको भनाइ छ ।

“रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति ग¥योे”, उनले भनिन, “मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ ।” दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पु¥याएको छ ।

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन गरिन्छ । हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै अवस्था रहेको किसानहरुको भनाइ छ । जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ०७ बजे

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय