१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना



नयाँदिल्ली । घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ-मुभिङ उपकरणहरू ल्याएको छ ।

उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा साँघुरो पहाडी उपत्यकाको पहरो भत्काएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् ।

“थप सेना टुकडीहरू, सेनाका ट्र्याकर कुकुरहरू, ड्रोनहरू, लजिस्टिक ड्रोनहरू, माटो खन्ने उपकरणहरू आदिसहित… प्रयासलाई तीव्रता दिन थालिएको छ”, सेनाले बुधबार भनेको छ । सैन्य हेलिकप्टरहरूले ‘आवश्यक सामग्रीहरू, औषधिहरू र डुबानमा परेकाहरूको उद्धार’ का लागि काम गरिरहेको पनि सेनाले बताएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो बाढी तीव्र ‘आरी घोप्टे’ वर्षाका कारण आएको बताउनुभयो र उद्धार टोलीलाई ‘युद्धस्तरमा’ तैनाथ गरिएको बताए ।मङ्गलबार दिउँसो पर्यटकीय क्षेत्रमा हिलो पानीको डरलाग्दो लहरले बहुतले भवनहरूलाई बगाएको भारतीय मिडियामा प्रसारित भिडियोहरूले देखाएका छन् ।

धेरै मानिसलाई दौडिरहेको देख्न सकिन्थ्यो । त्यसपछि तिनीहरू पूरै भवनहरूलाई जरैदेखि उखेल्ने अँध्यारो फोहोरको छालहरूमा डुबेका थिए । रक्षा राज्यमन्त्री सञ्जय सेठले प्रेस ट्रस्ट अफ इन्डिया ९पिटिआई० समाचार एजेन्सीलाई मङ्गलबार राति ‘चार जनाको मृत्यु र करिब एक सय जना बेपत्ता’ भएको बताए ।

– चरम घटना –

मुसलधारे मनसुनी वर्षा जारी छ । “निरन्तर वर्षाका कारण बढ्दो पानीको सतहलाई ध्यानमा राखेर बासिन्दाहरूलाई उच्च ठाउँहरूमा सारिएको छ”, सेनाले भनेको छ ।

सरकारी मौसम पूर्वानुमानकर्ताहरूले बुधबार उत्तराखण्डका सबै प्रमुख नदीहरू खतराको सीमाभन्दा माथि बगिरहेको बताए । मुख्य धार बितिसकेपछि घटनास्थलबाट सेनाले सार्वजनिक गरेको तस्बिरमा ढिलो गतिमा बग्ने माटोको नदी देखाइएको छ ।

सहरको ठूलो भाग हिलोले डुबाएको छ । उद्धारकर्ताहरूको अनुमानअनुसार केही ठाउँमा यो ५० फिट ९१५ मिटर० गहिरो छ र केही भवनलाई पूर्ण रूपमा हिलोले डुबाएको छ ।

जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसममा घातक बाढी र पहिरो सामान्य हुन्छ, तर विज्ञहरू सहरीकरणसँगै जलवायु परिवर्तनले तिनीहरूको आवृत्ति र गम्भीरता बढाइरहेको बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम सङ्गठनले गत वर्ष बढ्दो तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले पृथ्वीको पानीचक्रलाई अझ अप्रत्याशित बनाउँदै आउने कुराको ‘सङ्कटको सङ्केत’ हो भनेको थियो । विशेषज्ञ हाइड्रोलोजिस्ट मनिष श्रेष्ठले बाढी क्षेत्रमा २४ घण्टाभित्र दुई सय ७० मिलिमिटर (१० इन्च) वर्षा भएको रिपोर्ट ‘चरम घटनाको रूपमा गणना गरिएको’ बताए ।

नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका श्रेष्ठले पहाडहरूमा यस्तो वर्षाको समतल भूमिको तुलनामा ‘बढी केन्द्रित’ प्रभाव हुने बताए । “यस्ता तीव्र वर्षाका घटनाहरू बढ्दो सामान्य हुँदै गइरहेका छन् र यसलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ”, उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : २३ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज