२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

रास्वपालाई विश्वप्रकाशको सुझाव : अतार्किकता, आवेग र अराजकताबाट बाहिरिनुहोस्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अतार्किक अडान, आवेगपूर्ण व्यवहार र अराजक शैली परित्याग गर्न सुझाव दिएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । उनले रास्वपाले पछिल्लो समय अपनाएको रवैयाले सकारात्मक संवाद र लोकतान्त्रिक प्रक्रियालाई असर पु¥याएको जिकिर गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग राख्दै रास्वपाले १३ जेठदेखि संसद बहिष्कार गर्दै आएको छ।

शर्माले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला नै भिजिट भिसाका आधारमा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्यांक संसदमा प्रस्तुत गरे। उनले भने, “तपाईंहरूले आफ्नै सभापति गृहमन्त्री भएका बेला भिजिट भिसामा मानिस बेच्नुभयो भन्न खोज्नु भएको हो ?”

उनले गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउनेहरुले उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले छानबिनको माग सम्बोधन गर्न विपक्षी दल र अख्तियारको भावना अनुसार छानबिन समिति गठन भइसकेको पनि उनले स्मरण गराए।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ०९ बजे

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय