१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रास्वपालाई विश्वप्रकाशको सुझाव : अतार्किकता, आवेग र अराजकताबाट बाहिरिनुहोस्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अतार्किक अडान, आवेगपूर्ण व्यवहार र अराजक शैली परित्याग गर्न सुझाव दिएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । उनले रास्वपाले पछिल्लो समय अपनाएको रवैयाले सकारात्मक संवाद र लोकतान्त्रिक प्रक्रियालाई असर पु¥याएको जिकिर गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग राख्दै रास्वपाले १३ जेठदेखि संसद बहिष्कार गर्दै आएको छ।

शर्माले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला नै भिजिट भिसाका आधारमा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्यांक संसदमा प्रस्तुत गरे। उनले भने, “तपाईंहरूले आफ्नै सभापति गृहमन्त्री भएका बेला भिजिट भिसामा मानिस बेच्नुभयो भन्न खोज्नु भएको हो ?”

उनले गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउनेहरुले उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले छानबिनको माग सम्बोधन गर्न विपक्षी दल र अख्तियारको भावना अनुसार छानबिन समिति गठन भइसकेको पनि उनले स्मरण गराए।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले