२२ मंसिर २०८२, सोमबार | December 9, 2025

लुम्बिनी विकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न माग



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयक छलफलमा उनले लुम्बिनी विकास कोषले केही कामहरु गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

उनले भने, “कोषले काम गरेको छ, तर अपेक्षाअनुुसार भएको छैन, आगामी दिनमा लुम्बिनी क्षेत्रलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना छ ।” लुम्बिनी क्षेत्रको समग्र विकासको निम्ति सबैभन्दा पहिला सङ्घीयतापछि स्थानीय तह र प्रदेशलाई पनि समावेश गरेर ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कानुन परिवर्तन गर्ने विषयमा काम भइरहेको मन्त्री पाण्डेले बताए । उनले भने, “लुम्बिनीमा दुनियाँको ध्यानाकर्षण गराउने भनेर लुम्बिनी अगाडि बढेको छ, अगाडि बढ्दै गर्दा कतिपय राम्रो ध्यान पनि परेको छ, नराम्रो ध्यान पनि परेको छ, अति कति भूराजनीतिक राजनीति पनि देखा परेको छ, त्यसको प्रभाव स्थानीय तहसम्म देखिन्छ, त्यहाँ एउटा सरोकारवाला महाभियान भन्ने चलिरहेको हुन्छ, यसलाई पनि पटक-पटक संवाद गरेर केही समाधान भएको छ ।”

कर्मचारी आन्दोलनले उठाएका माग र होटल व्यवस्थापनसम्बन्धी मागहरु पूरा गरेको उनको भनाइ छ । उनले भने, “दिल्लीमा भएको ४६ औँ वल्र्ड हेरिटेज कमिटीको बैठकले लुम्बिनीलाई खतराको सूचीमा राख्ने भन्ने प्रस्ताव थियो, पछि हामीले कार्ययोजनाअनुसार पर्याप्त काम गरेपछि यस पटक पेरिसमा भएको ४७ औँ बैठकबाट सधैँको लागि खतराको सूचीबाट हटेको छ, यो एउटा ठोस उपलब्धिको रुपमा देखिएको छ ।”

कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सवालमा कूटनीतिक र प्राविधिक पहल भइरहेको उनले बताए । सांसद शिशिर खनालले लुम्बिनी विकास कोषलाई सरकारको अनुदानबाट मात्रै सञ्चालन गर्नेभन्दा पनि आन्तरिक स्रोतबाट आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

सांसद तथा पूर्वमन्त्री भीमप्रसाद आचार्यले तिलौराकोट क्षेत्र वरिपरि पर्खाल लगाएर त्यहाँको जग्गाको सुरक्षा गर्नुपर्ने बताए । सांसद एकनाथ ढकालले लुम्बिनी विकास कोषलाई राजनीतिक हस्तक्षेपबाट अगल राख्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ४० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट