२९ मंसिर २०८२, सोमबार | December 15, 2025

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ७ : १६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष