२६ असार २०८३, शुक्रबार | July 10, 2026

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ७ : २४ बजे

गणेश नेपालीको मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५

गणेश नेपालीको मृत्युपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं । त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को