२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पानी परेपछि पश्चिम नवलपरासीमा धानबाली झाँगिदै



नवलपरासी । लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन् ।

बर्दघाट सुस्तापश्चिम नवलपरासीमा लामो समयदेखि वर्षा नभएर खडेरी लागेका धान वर्षा भएपछि हरियो भएसँगै डाँठ पनि बढिरहेको पाल्हीनन्दन गाउँपालिका–४ रामसिंह कुर्मीले बताए। रोपाइँ भएदेखि प्रयाप्त वर्षा नभएर जमिनका साथै धानखेती सुक्न थालेको थियो । “रोपिएको धानमा सिँचाइको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइनलगायत समस्याले किसान चिन्तित थिए । अहिले पानी परेपछि केही राहत भएको छ”, उनले भने।

वर्षा नहुँदा जमिन सुख्खा भएर रोपिएको धानको डाँठ नबड्ने र पहेँलो भएर गावा मर्नुुका साथै विभिन्न रोगको समस्या देखिन थालिएको किसान चुल्हाई यादवले बताी। तीन दिनको लगातार वर्षा भएपछि धानका लागि अमृत जस्तै काम गरेको भन्दै उनले धान पानीबाट हुने फसल भएकाले प्रयाप्त सिँचाइको व्यवस्था हुन जरुरी रहेकामा जोड दिए ।

खेतमा बराबर पानी रहिरह्यो भने धानबालीमा रोग नलग्ने तथा उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताए। “सिँचाइ भइरहे खेत ओसिलो भइरहन्छ । धान काटेपछि कात्तिकमा खेत जोत्न सजिलो हुन्छ, खेतमा बीउ छर्दा छिटो सम्भावना बढी हुन्छ”, उनले भने।

तीन दिनको वर्षापछि यहाँका धानबालीमा हरियाली देखिन थालेको सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १ : ४८ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा