२९ मंसिर २०८२, सोमबार | December 15, 2025

फिफा महिला फुटबल वरीयतामा नेपालको ऐतिहासिक प्रगति



काठमाडौं । नेपाली महिला फुटबल राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को पछिल्लो वरीयतामा ऐतिहासिक प्रगति गरेको छ।

फिफाले सार्वजनिक गरेको सूचीअनुसार नेपालले १३ स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएको छ, जुन हालसम्मकै सर्वोच्च वरीयता हो।

हालै सम्पन्न एएफसी महिला एसिया कप छनोटमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो। उज्बेकिस्तानसँगको खेल ३–३ को रोमाञ्चक बराबरीमा टुंगिएपछि नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो। यिनै उत्कृष्ट नतिजाहरूले नेपालको वरीयता सुधारमा निर्णायक भूमिका खेलेका हुन्।

नेपालले यसअघि सन् २०१७ मा ९१औँ स्थानसम्म पुग्दै कीर्तिमान बनाएको थियो। तर यसपटक त्यो कीर्तिमान तोड्दै ८७औँ स्थानमा पुग्न सफल भएको हो।

दक्षिण एसियाका महिला टोलीहरूको सन्दर्भमा भारत शीर्ष स्थानमा रहँदै ६३औँ स्थानमा उक्लिएको छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेशले सबैभन्दा ठूलो फड्को मार्दै २४ स्थान सुधार गरी १०४औँ स्थान हासिल गरेको छ। यस्तै, पाकिस्तान १५४औँ, श्रीलंका १६१औँ, भुटान १६३औँ र माल्दिभ्स १६५औँ स्थानमा छन्।

नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता सम्पूर्ण फुटबलप्रेमीका लागि गर्वको विषय बनेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : २२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष