१ पुस २०८२, मंगलबार | December 16, 2025

रामहरी खतिवडालाई समिति सभापतिबाट राजीनामा दिन प्रचण्डको सुझाव



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् ।

हालै संसदवाट पारित भएको संघीय निजामती सेवा बिधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिका बारेमा बोल्दै उनले सभापति खतिवडाले राजिनामा दिनु पर्ने बताएका हुन् ।

आज राष्ट्रिय सभागृहमा अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रम’ मा बोल्दै सो राजिनामा मागेका हुन् । ‘रामहरिजी नैतिक जिम्मेवार ठहरिनुभएको छ, उहाँलाई नैतिक रूपमा सभापतिमा बस्ने आधार छैन्,’ उनले भने, ‘अब राजीनामा दिएर राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नुपर्छ।’

विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले पनि सभापतिको हैसियतमा खतिवडाले नैतिक जिम्मेवार लिनु पर्ने गरी प्रतिबेदन बुझाएको थियो । प्रचण्डले उक्त विधेकमाथि भएको त्रुटिको जिम्मेवारी खतिवडाले मात्र नभएर सिंगो सदनले लिनुपर्नेमा पनि जोड गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ५ : २८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको