सुर्खेत । गत मंगलबार भारतको उत्तराखण्डको उत्तरकाशीको धरालीमा गएको भीषण बाढीमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएको खुलेको छ ।
जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । बाढी पहिरोमा परेर १३ जना भन्दा बढी बेपत्ता रहेको परिवारका सदस्यले जानकारी दिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएको छ।
यस विषयमा परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । उत्तरकाशीको बाढीमा सय भन्दा बढी बेपत्ता रहेको बताइएको भएपनि अहिलेसम्म स्पष्ट आँकडा बाहिर आएको छैन ।


















प्रतिक्रिया