२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बेनी-जोमसोम सडक अवरुद्ध



म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहेको उनले बताए । निरन्तर पहिरो खसेकाले सडक खुलाउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ । प्रतिकुल मौसमका कारण पोखरा-जोमसोम हवाई सेवा पनि बन्द छ । स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक यसबाट प्रभावित भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : १८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष