२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गाईजात्रा पर्वको अवसरमा बुटवलमा आइतबार सार्वजनिक बिदा



बुटवल । बुटवल उपमहानगरपालिकाले गाईजात्रा पर्वको अवसरमा आइतबार स्थानीय सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सो दिन नगर क्षेत्रका सबै कार्यालय, विद्यालय तथा वडा कार्यालयहरू बन्द रहने जनाएको हो ।

नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा गाईजात्रा (सापारू) पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै एक दिनको सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । बिदा अवधिमा उपमहानगरपालिकाअन्तर्गतका सबै १९ वटा वडा कार्यालयहरू, नगर कार्यालय तथा मातहतका निकायहरू बन्द रहनेछन् ।

यससँगै नगर क्षेत्रका सामुदायिक, निजी तथा संस्थागत विद्यालयहरूमा पनि एक दिनका लागि बिदा हुने उपमहानगरपालिकाले जनाएको छ । गाईजात्रा पर्व विशेषगरी नेवारी समुदायले मृतक आत्माको शान्तिका लागि विभिन्न सांस्कृतिक झाँकी, नाचगान र हाँस्यव्यंग्यात्मक कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : ४६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष