२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

नारायणकाजी र घनश्यामबीच भेट, के भयो कुराकानी ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।

भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।

यससँगै नेकपा (माओवादी केन्द्र)ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ।

यसअघि श्रावण २१ गते, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पनि भेटवार्ता भएको थियो ।

त्यस भेटवार्तामा पनि समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ०२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२