६ श्रावण २०८३, बुधबार | July 22, 2026

शास्त्रीय विधिपूर्वक बनेका जनै मात्र प्रयोग गर्न बुटवलको राधा धागो उद्योगको आग्रह



बुटवल । नेपालकै पहिलो जनै उत्पादन गर्ने उद्योग, बुटवल-४ राममन्दिर लाइनस्थित राधा धागो उद्योगले शास्त्रीय विधिपूर्वक जनैधारी ब्राह्मणबाट तयार गरिएका जनै मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । शुक्रबार उद्योगले पत्रकार सम्मेलन गर्दै बजारमा बढ्दो नक्कली तथा अशुद्ध जनैको प्रयोगबारे चेतावनी दिएको हो ।

उद्योगका सञ्चालक संस्कृत साहित्याचार्य बुद्धि प्रसाद शर्मा पाण्डेयका अनुसार पछिल्ला वर्षमा सरा र शिखा अपूर्ण, शिखाविहीन गाँठो मात्र पारेका तथा गैर–ब्राह्मणबाट तयार गरिएका स्वदेशी तथा विदेशी नक्कली जनै बजारमा व्यापक रूपमा पाइने गरेका छन् । उनका अनुसार यस्ता जनै प्रयोग गर्दा धार्मिक लाभ प्राप्त नहुने भएकाले शास्त्रीय विधिअनुसार तयार गरिएका जनै मात्र प्रयोग गर्न आवश्यक छ ।

पाण्डेयले २०५८ सालमा उद्योग स्थापना गरी २०६० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको जानकारी दिए । विगतमा ९९ प्रतिशत जनै भारतबाट आयात हुने गरेकोमा हाल उक्त अनुपात घटेर १५–२० प्रतिशतमा झरेको उनले बताए । उनका अनुसार उद्योगले जनैका साथै रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरो, बत्ती कात्ने धागो तथा अन्य धार्मिक धागा–सामग्री उत्पादन गर्दै आएको छ ।

उद्योगले जनै आयात प्रतिस्थापनसँगै चार सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको पाण्डेयले बताए । यस योगदानका लागि उद्योगलाई रूपन्देही उद्योग संघ, नेपाल सरकार र विभिन्न व्यावसायिक संघ–संस्थाबाट सम्मान र पुरस्कार प्राप्त भएको उनले स्मरण गरे ।

पाण्डेयले वैदिक शास्त्रमा कुनै जात वा समुदायले जनै लगाउन नहुने उल्लेख नभएको बताउँदै महिलाले पनि विवाहपूर्व जनै धारण गर्न सक्ने दाबी गरे ।

उद्योगका बजार व्यवस्थापक झंकार पाण्डेयका अनुसार नेपालकै पहिलो जनै उद्योग भएकाले बजारमा ठुलो समस्या छैन । उनले जनै तथा रक्षाबन्धन चीनबाट आयात हुने धारणा गलत भएको दाबी गर्दै यी सामग्री नेपालमा भारतबाट मात्र आयात हुने जानकारी दिए ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ०८ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न