२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

आज आठौँ संस्कृत दिवस मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी)को दिनमा मनाइने विश्व संस्कृत दिवसको आठौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाउन लागिएको हो ।

आठौँ विश्व संस्कृत दिवसको मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ काठमाडौंमा आयोजना गरिएको विश्व संस्कृत दिवस कार्यपरिषद् (आयोजक समिति)का संयोजक प्राडा माधवप्रसाद पाण्डेयले जानकारी दिए ।

संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताए । प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने हुनाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको र विश्व संस्कृत दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसङ्घ समक्षसमेत प्रस्ताव लगिने पनि उनले जानकारी दिए ।

नेपालमा आयोजित विश्व संस्कृत दिवसमा जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाल लगायतका संस्थाले सहकार्य गरेको आयोजक समितिका संयोजक पाण्डेयले बताए । यसैगरी, विश्व संस्कृत दिवसका लागि अन्तरराष्ट्रिय तहमा सहृदयता इन्टरनेशनल, इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, नेपाली हिन्दू फोरम युके, सनातन धर्म अष्ट्रेलिया, विश्व भूटानी हिन्दू सङ्गठन, ग्लोबल सोसाइटी फर् पीस एण्ड स्पिरिचुअल साइन्स लगायतका संस्थाले सहकार्य गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ५२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२