१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आज ‘क्वाति पुन्ही’, यस्तो छ क्वातिको महत्व



बुटवल । नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। नेपालमा परापूर्वकालदेखि खस आर्य समाजले जनै फेर्दै हातमा रक्षा सूचक राक्षाबन्धन बाँधेर यो पर्व मनाउँदै आएका छन् भने नेवाः समुदायले क्वाति सहितको परिकार खाएर यो पर्व मनाउँदै आएका छन् । यद्देपी पछिल्लो समय भारतीय प्रचलनको सिको गर्दै दाजु भाई दिदी बहिनीबीच राखी बाँधिदिने प्रचलन पनि ब्यापक भएर गएको छ । नेवाः समुदायले आजको दिनलाई क्वाति पुन्ही भन्ने गर्दछन् ।

परापूर्वकालदेखि नै नेवा समुदायमा जनैपूर्णिमाका दिन क्वाति खाने प्रचलन छ। पछिल्लो समय नेवाः सहित सबैले आजको दिनमा क्वाटी खाने गर्दछन् । ‘क्वाति’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाति’ को अर्थ तातो सुप भन्ने बुझिन्छ।

जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाति खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने गरिन्छ । तीन्-चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने क्वाति सेवन गर्नाले स्वास्थ्यका लागि फाइदा जनक हुने जनविश्वास रहँदै आएको छ । समान्यतया रुचीअनुसार फरकफरक बिधिबाट क्वाति पकाउने गरिएपनि टुसा उम्रिएका नौ थरी गेडागुडीलाई अदुवा, लसुन, जायपत्री, जाईफल सहितको मसलामा उसिनेर सुद्ध घ्यूमा ज्वानोले झानेर क्वातिको परिकार तयार हुन्छ । विभिन्न थरीका नौ प्रकारका गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाति खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वातिको विशेषता छ।

हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरुमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ।

विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाति खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाति खाने प्रचलन बढी छ। वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाति खाने गरिएको समुदायको दाबी छ ।

यसका फाइदाहरू
क्वाति रेसादार खानाको स्रोत हो, त्यसैका कारण यो सेवनले कब्जियतको समस्या हटाउने विज्ञानसम्मत प्रमाण भएको मानिन्छ । क्वातिको सेवनबाट मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा पुग्ने आयुर्वेद उपचारमा संलग्न बैद्यहरुले बताउँदै आएका छन् । तातो र प्रत्येक्ष प्रटिनयुक्त झोलीलो पदार्थ भएका कारण तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत क्वातिबाट प्रप्त हुने गर्दछ । यो सजिलै पाच्य हुन्छ र पेटमा अनावश्यक वायु बनाउँदैन ।

क्वातिमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुने भएकाले यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ । क्वातिले रोग प्रतिरोधात्मक शक्ति समेत बढाउँछ ।

टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाति खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्ने चिकित्सकहरुको भनाई छ ।

गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउने सौन्दर्यसास्त्रीको दाबी छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ५३ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको