३ पुस २०८२, बिहिबार | December 19, 2025

एआईको प्रयोगबाट अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता (एआई)को अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् ।
३१औँ विश्वआदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको ‘आदिवासी जनजाति र कृत्रिम बौद्धिकताः अधिकारको रक्षा र भविष्यको निर्माण’ विषयमा गोष्ठीको उद्घाटन गर्दै भने, “जसले आज एआईको प्रयोगबाट विकास गरेको छ, त्यसले लाभ लिएको अवस्था छ, संसारका धनी वा गरिब सबै देशले एआईबाट अधिकतम लाभ लिनसक्छन् ।”
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिले विकासको हरेक प्रक्रियामा एआईको प्रयोग हुने गरेको उल्लेख गर्दै कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योग र विपत्ति व्यवस्थापनलगायत क्षेत्रमा यसको प्रयोग बढाउने गरी काम भइरहेको पनि बताए ।
आदिवासी जनजातिका विषयमा संवैधानिक, कानुनी र नीतिगत अधिकारको खोजी गरी त्यसको कार्यान्वयन र थप अधिकारका लागि एकजुट हुनुपर्ने उनको भनाइ  छ । उनले भने, “एआई हाम्रो लागि अवसर हो, यसको ठीक ढङ्गले प्रयोग गर्न जानिएन भने चुनौती बढ्दै जान्छ, ती चुनौती कसरी कम गर्न सकिन्छ भन्नेबारे पनि छलफलहरु भएका छन् ।”
आजभन्दा ४३ वर्ष अगाडि संयुक्त राष्ट्रसङ्घ, आदिवासी जनसङ्यासम्बन्धी कार्यसमूहको प्रथम बैठक सन् १९८२ को ९ अगष्टमा बसेको दिनको स्मरणमा संयुक्त राष्ट्रसङ्घले विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि हरेक वर्षको ९ अगष्टलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको एक अध्ययनअनुसार विश्वभरका आदिवासी जनजातिको जनसङ्ख्या ६० करोडभन्दा बढी छ र यो विश्वजनसङ्ख्याको करिब ७५ प्रतिशत हो । उनीहरू विश्वका ९० भन्दाबढी देशमा बसोबास गर्दछन् । विश्वमा बोलिने सात हजारभन्दा बढी भाषामध्ये दुई तिहाइ अर्थात् पाँच हजारभन्दा बढी भाषा आदिवासी जनजातिले प्रयोगमा ल्याएका छन् ।
नेपालमा बोलिने १२४ मध्ये ९३ भाषा आदिवासी जनजातिका भाषाहरू हुन् । विश्वमा प्रचलित ८० प्रतिशत खाद्य उत्पादन आदिवासी ज्ञानमा आधारित छ ।
भौगोलिक रूपमा पृथ्वीको २८ प्रतिशत भूभागमा आदिवासी जनजातिको बसोबास छ र उनीहरू ८५ प्रतिशत जैविक विविधताका संरक्षक पनि हुन् ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले विशिष्ट ज्ञान र सीपका धनी आदिवासी जनजाति समुदायलाई संरक्षण र सम्वद्र्धन गर्नु राज्यको कर्तव्य र दायित्व दुवै भएको उल्लेख गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ५४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको