२० माघ २०८२, मंगलबार | February 3, 2026

पोखरामा छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ



कास्की । पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाहरुबाट नगद रु पाँच लाख १४ हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । पोखरा महानगरपालिका-२, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन् । उनीहरुबाट चार सय ४४ तोला चाादी समेत बरामद भएको प्रहरी उपरीक्षक ओलीयाले बताए । बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड एक लाख रहेको छ ।

पक्राउ परेकाहरुलाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ५८ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र