२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बुटवलमा आज सार्वजनिक बिदा



बुटवल । बुटवलले आज सार्वजनिक बिदा दिएको छ । गाईजात्रा (सापारू) पर्वको अवसरमा बुटवल उपमहानगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज नगर क्षेत्रका सबै कार्यालय, विद्यालय तथा वडा कार्यालयहरू बन्द रहने जनाएको हो ।

नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा गाईजात्रा (सापारू) पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आजको सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । बिदा अवधिमा उपमहानगरपालिकाअन्तर्गतका सबै १९ वटा वडा कार्यालयहरू, नगर कार्यालय तथा मातहतका निकायहरू बन्द रहनेछन् ।

यससँगै नगर क्षेत्रका सामुदायिक, निजी तथा संस्थागत विद्यालयहरूमा पनि एक दिनका लागि बिदा हुने उपमहानगरपालिकाले जनाएको छ । गाईजात्रा पर्व विशेषगरी नेवारी समुदायले मृतक आत्माको शान्तिका लागि विभिन्न सांस्कृतिक झाँकी, नाचगान र हाँस्यव्यंग्यात्मक कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : २८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको