२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पाकिस्तानी सेनाले मारयो २ दिनमै ४७ बलुचिस्तानी बिद्रोही, लाखौंको हतियार बरामद



इस्लामबाद । अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेका छन् । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो ।

झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७-८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८-९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका क्षेत्रमा अर्को कारबाहीमा १४ आतङ्ककारी मारिएको थिए । यस अवधिमा आतंकवादीहरूबाट हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको थियो, जो लाखौं मुल्यका हुन् । अधिकारीहरुका अनुसार बलुचिस्तान प्रान्तमा अज्ञात सुरक्षा कारणले अगस्ट ३१ सम्म मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । बलुचिस्तान सरकारको अनुरोधमा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरिएको बताइएको छ ।

बलुचिस्तानको गृह विभागले अगस्ट ६ मा जारी गरेको एक अधि सूचनामा भन्यो कि प्रान्तमा कानून र व्यवस्थाको स्थितिलाई ध्यानमा राख्दैँ इन्टरनेट सेवाहरू तुरुन्तै निलम्बन गर्न आदेश दिइएको छ । सरकारका प्रवक्ता शाहिद रिन्दले यसको पुष्टि गरेका छन् । भारतले भन्दा एक दिन अघि नै पाकिस्तानले १४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाउँछ । यस्तो अवस्थामा आतंककारीहरूले कुनै ठूला अपराध गरेर स्वतन्त्रता उत्सवमा बाधा पुर्‍याउने प्रयास गर्न सक्ने आशंका छ । जसका कारण प्रशासन सतर्क रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ०३ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र