११ कार्तिक २०८३, बुधबार | October 28, 2026

दोगडाकेदारका जीर्ण वडा कार्यालय नयाँ निर्माण



बैतडी । जीर्ण अवस्थामा रहेका वडा कार्यालय भवन नयाँ बनाउन दोगडाकेदार गाउँपालिकाले उच्च प्राथमिता दिएको छ । हालसम्म गाउँपालिकाका छवटा वडा कार्यालय रु दुई करोड ४८ लाखमा नयाँ निर्माण गरिएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, “वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ । सबै वडा पनि यस वर्ष निर्माण गर्ने योजना बनाएका छौँ ।”

यस्तै, गाउँपालिका भवन रु एक करोड ३० लाखमा नयाँ निर्माण गरिएको हो । वडा कार्यालयहरू नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ । इन्टरनेट सुविधा हुँदा पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै वडा कार्यालयबाट भइरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : १७ बजे

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री