१ चैत्र २०८२, आइतबार | March 16, 2026

सभामुख घिमिरेले दिए गाईजात्रा पर्वको शुभकामना



काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा गाईजात्रा पर्वका अवसरमा विविधतामा एकता सुदृढ पार्न र शान्ति, करुणा तथा सांस्कृतिक गौरवमा आधारित समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

“सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ”, शुभकामना सन्देशमा भनिएको छ, “यसमा हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।”

गाईजात्रा पर्व पावन अवसरमा देशभित्र र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना प्रकट गर्दछु । नेपालको सांस्कृतिक पात्रोमा विशेष स्थान ओगट्ने यस पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र एकता कायम गर्ने सन्देश दिएको छ ।

“काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरहरूमा यस दिन सडकहरू रङ्गीन झाँकी, सजाइएका रथ, घिन्ताङ घिसीजस्ता परम्परागत नृत्य तथा सामाजिक र राजनीतिक टिप्पणीयुक्त हास्यव्यङ्ग्यले भरिपूर्ण हुन्छन्”, सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक अभिव्यक्तिहरूले शोकग्रस्त परिवारलाई सान्त्वना दिनेमात्र नभई हाम्रो समाजमा स्वतन्त्र सोच र सांस्कृतिक सृजनशीलताको महत्त्वलाई पनि उजागर गरेको छ ।“

ऐतिहासिक दृष्टिले गाईजात्राको परम्परा १७औँ शताब्दीमा राजा प्रताप मल्लको शासनकालमा सुरु भएको हो । आफ्ना पुत्रको असामयिक निधनले दुःखी भएकी रानीलाई सान्त्वना दिने र आफ्ना प्रियजन गुमाएका परिवारलाई सामूहिक रूपमा सम्झने अवसर दिने उद्देश्यले राजाले यो परम्परा प्रारम्भ गरेका थिए । समयक्रममा यस पर्वले विगत वर्षभित्र दिवङ्गत भएका आफ्ना प्रियजनहरूको स्मरण गर्ने र जीवनलाई हास्य, सङ्गीत र मेलमिलापसहित आत्मसात् गर्ने अवसरको रूप लिएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ३२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन