२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

नेपाल उत्तर कोरियासँग ११-० ले पराजित



काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो ।

योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्यो । उत्तर कोरियाले साउदी अरबलाई १५-० र भुटानलाई १०-० ले पराजित गरेको थियो ।

नेपाल भने उतकृष्ट उपविजेता बन्न पनि चुक्यो । नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो । साउदी अरबमाथि भने १-० को कठिन जित हात पारेको थियो । तर, जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बेहोरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ४५ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ