१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

यसवर्षको खजुरा तीज महोत्सव न्यु डाँफेले गर्दै



खजुरा । हरेक वर्ष बाँकेको खजुरामा आयोजना हुँदै आएको तीज महोत्सव यस वर्ष न्यु डाँफे स्पोर्टस् क्लपले गर्ने भएको छ । खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको न्यु डाँफे स्पोर्टस् क्लवले यस वर्षको तीज महोत्सव गर्ने भएको हो ।

महोत्सवबारे आज पत्रकार सम्मेलन गर्दै क्लवले महोत्सवको तयारीलाई तिब्र पारिएको जनाएको छ । खजुुराको १ नम्बर बजारमा हुने बृहद तीज महोत्सवमा एकल नृत्य प्रतियोगिता समावेश गरिएको क्लवका सचिव बालाराम खत्रीले जानकारी दिए । पहिलो पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार ५१०० राखिएको उनले बताए । खत्रीका अनुसार पुरस्कारको सम्पूर्ण रकम स्थानीय लीलबहादुर थापा (हाल अमेरिका)ले प्रायोजन गरेका छन् ।

स्थानीय लोक संस्कृतिको जगेर्ना गर्न र स्थानीय कलाकारहरुको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको उनले बताए । उनले महोत्सवमा खजुरा क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान गरेका अग्रज खजुरेली समाजसेवीहरुलाई सम्मान गरिने जानकारी दिए ।

महोत्सवमा सहभागीहरुको संख्या धेरै आएका कारण अडिसनबाट छानीएका कलाकारको प्रस्तुती मात्र महोत्सवमा सहभागी गराइने महोत्सव आयोजक समितिकी संयोजक कसम मगरले बताइन् ।

खजुरा क्षेत्र संरक्षण समितिले प्रारम्भ गरेको बृहद तीज महोत्सवलाई खजुराका बिभिन्न संघ संस्थाहरुले आलोपालो गरि संचालन गर्दै आएका छन् । तीज महोत्सव खजुराको सांस्कृतिक पहिचान बनेको महोत्सवका सहजकर्ता पत्रकार खगेन्द्र दाहालले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ०१ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका