१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई भारत भ्रमणको एजेण्डा बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौँ । नेपालगन्ज दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डा बनाउन माग गर्दै काठमाडौं पुगेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरु सहित त्यस क्षेत्रका जनप्रतिनिधिहरुको एक्यबद्धता सहित प्रधानमन्त्री ओलीलाई भेटेका प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरुले नेपाल सरकारकै लगानीमा नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको जानकारी गराउँदै नेपालगन्ज दिल्ली सिधा हवाई उडानले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिमा टेवा पुग्ने जनाए । उनीहरुले नेपालगन्ज्–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बनाउन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

भेटका अवसरमा प्रतिनिधि मण्डलले लुम्बिनी, कर्णाली र सुदुपश्चिमका साँसदहरु, स्थानीयतहका प्रमुखहरु, उद्यागी व्यवसायीहरुसहित बिज्ञहरुबाट प्राप्त सुझावका आधारमा तयार पारिएको प्रतिबेदन सहितको मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएका थिए । टोलीका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले मागपत्र प्रधानमन्त्रीलाई बझाएका थिए ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि स्थानीय अगुवाहरुलाई चासो दिन आग्रह गरे ।

प्रतिनिधि मण्डलले आजै परराष्ट्रमन्त्री आरजु राणा देउवा र पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेलाई भेटेर प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज दिल्ली सिधा हवाई उडानलाई एजेण्डा बनाउन पहल गरिदिन आग्रह गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : २९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा