२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शवबाट हड्डी निकालेको आरोपितलाई सात दिन म्याद थप



काठमाडौँ । शुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन म्याद थपको अनुमति दिएको छ ।

यही साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको शवबाट हड्डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको भन्ने विषयमा वाद–विवाद भई अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिइएका दुई जनालाई आज जिल्ला प्रशासन कार्यालयले सात दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।

हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा काभ्रे मन्डनदेउपुर–५ घर भई पशुपतिस्थित गौरीघाट बस्ने ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुर कटारी–८ घर भई काठमाडौँ गोठाटार बस्ने २४ वर्षीय विनायक मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष