१६ माघ २०८२, शुक्रबार | January 30, 2026

श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखिकरण



बुटवल । क्युपेक नेपालको आयोजनामा बुटवलमा सामाजिक सुरक्षा, जलवायु परिवर्तन र गुनासो सम्बोधन विषयक दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै जिफन्टका राष्ट्रिय सचिव हरि कार्कीले देश विकासमा महत्वपूर्ण योगदान दिइरहेका श्रमिकहरू अझै आफ्नो सुरक्षाबाट वञ्चित रहनु परेको उल्लेख गर्दै सरकारको ध्यान यसतर्फ जानुपर्ने बताए ।

सामाजिक सुरक्षा कार्यालय बुटवलका प्रमुख खेम कार्कीले सामाजिक सुरक्षामा आवद्धता प्रक्रियाबारे विस्तृत जानकारी दिँदै, श्रमिकको अंगभंग वा मृत्यु भएमा आजीवन पेन्सनसहितका सुविधा रहेको बताए। स्थानीय सरकारबाट आवद्ध श्रमिकको तथ्याङ्कका आधारमा बजेट बिनियोजन भइरहेको उनले जानकारी दिए ।

क्युपेककी केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले असंगठित क्षेत्रमा रहेका श्रमिकहरू न्यूनतम सेवासुविधाबाट वञ्चित रहेको बताउँदै, श्रमिकको अधिकारका लागि परिचयपत्र, गास-बास-कपास, शिक्षा, स्वास्थ्य तथा बेरोजगार भत्ताको माग राख्दै आएको बताइन् ।

उनका अनुसार देशका ९ पालिकाबाट श्रमिक सूचिकृत गर्ने तथा सामाजिक सुरक्षामा आवद्ध गराउन बजेट बिनियोजन भएको छ । हाल देशभर १ लाख ८७ हजार ७८७ श्रमिक क्युपेकमा आवद्धता रहेको उनले बताईन ।

कार्यक्रममा क्युपेक रुपन्देहीका अध्यक्ष गंगाराम सुनार, केन्द्रीय सचिव कृतिनिधि विष्ट, केन्द्रीय सदस्य डिलकराम डुम्रे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ०४ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र