२९ मंसिर २०८२, सोमबार | December 16, 2025

माछा पोखरीमा डुबेर गुल्मीमा एक पुरुषको मृत्यु



गुल्मी । माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा चन्द्रकोट गाउँपालिका‐८ रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चन्द्रकोट गाउँपालिका‐८ रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीको डिलमा आज बेलुकीपख पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

उक्त घटनाको जानकारीप्राप्त भएपछि अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश क्याम्पबाट प्रहरी सहायक निरीक्षक विकास परियारको नेतृत्वमा गएको दश जना र प्रहरीचौकी मजुवाबाट प्रहरी सहायक निरीक्षक शिवधन कुडहरियाको नेतृत्वमा गएको पाँच जनाको संयुक्त टोलीले खत्रीको शव डुबेको अवस्थामा पोखरीबाट बाहिर निकालेको थियो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा सात जनाको टोली अहिले घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : ०३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको