९ चैत्र २०८२, सोमबार | March 24, 2026

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार ! खाता रित्तीन सक्छ



काठमाडौँ । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ र? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ ।

सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाईं हाम्रै हातमा रहेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति मौलाइरहेको नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको एउटा घटनाले देखाएको छ ।

सो घटनाले सामाजिक सञ्जालमा आउने जुनसुकै लिङ्क खोल्न नहुने पनि सचेत गराएको छ । नेपाल प्रहरीका अनुसार पछिल्ला पटक धितोपत्र बजारको कारोबारका बारेमा जानकारी दिने नाममा ठगी गरिएको पाइएको छ ।

फेसबुक, इन्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको छ । एआईमार्फत शेयर बजारको बिश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर गराइएको पाइएको हो ।

त्यस्ता एप डाउनलोड भएपछि डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने काम भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्रामक प्रलोभनमा परी नेप्से एआईलगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरु नखोल्न, डाउनलोड नगर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रहरीका अनुसार, जोन डोइ (साङ्केतिक नाम)ले सामाजिक सञ्जाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको बिश्लेषण गर्नको निम्ति नेप्से एआई नामक एप डाउनलोड गर्छन् । उक्त एप मोबाइलमा इन्स्टल गरे लगत्तै उक्त एपमा रहेको रिमोट सेसन खल्नासाथ उनको मोबाइल स्क्रिन केही समय बन्द भएको जस्तो देखियो । सोही क्रममा निजको बिभिन्न बैंक खातामा भएको रु २८ लाख ६१ हजार अन्यत्र खातामा ट्रान्सफर भएको थियो । यस्तै, निजको मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरु समेत मेटिएको थियो । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, विगतमा पनि यस्ता उजुरी प्राप्त हुने गरेको र पछिल्लो पटकको उजुरीमा ठगीको नयाँ स्वरुप देखा परेको छ ।

साइबर व्यूरोले यस्ता क्रियाकलापबाट बच्न केही सुझाव समेत दिएको छ । सामाजिक सञ्जाललाई सुरक्षित बनाउन दोहोरो सुरक्षा कोड प्रयोग गर्ने वा एसएमएसको प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तै, पासवर्डहरु बेला बेलामा परिवर्तन गर्नुपर्छ ।

आफ्नो डिजिटल डिभाइस अपरिचित व्यक्तिलाई कुनै पनि प्रकारको जानकारी नदिने र आधिकारिक स्रोतबाट मात्र एपहरु इन्स्टल गर्नुपर्छ । त्यस्तै यस्ता घटना घटेको थाहा पाउन साथ सम्बन्धित बैंक वित्तीय संस्था, नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहुन साइबर ब्यूरोले आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ५७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११