१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने, दश करोड बढी भेटी सङ्कलन



मुस्ताङ । यहाँको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गर्न करिब रु चार करोड बजेट विनियोजन गरेको छ ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथ, मुक्तिनाथ रानीपौवा बजार, कागबेनी र दामोदरकुण्ड धार्मिकस्थललगायतका क्षेत्रमा पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

विनियोजित बजेट समितिले सम्बन्धित स्थानीय तहसँग लागत साझेदारी गर्ने गरी कार्यान्वयन गर्ने अध्यक्ष भुुसालले बताए । कागबेनीधाममा नदी नियन्त्रण तथा श्राद्धस्थल निर्माणलगायतका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी विनियोजन गरेको समितिका कोषाध्यक्ष एवं वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।

दामोदरकुण्डमा सुविधायुक्त धर्मशाला र पदमार्गमा आवश्यकता अनुसार धर्मशाला र प्रतिक्षालयलगायतका पूर्वाधार निर्माण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी मुक्तिनाथ प्रवेशद्वारबाट रानीपौवा बजारक्षेत्रमा छपनी ढुङ्गा विच्छ्याउन वारागुङ मुक्तिक्षेत्र र स्थानीय समुदायसँग लागत साझेदारी गर्ने गरी रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ । मुक्तिनाथ विकास समितिले लेक लाग्ने समस्याबाट बचाउन सूचनामूलक ‘ब्रोसर’ र केही थान ‘होर्डिङ बोडर्’ निर्माण गर्ने जनाएको छ ।

मुक्तिनाथ विकास समितिले आव २०८१र८२ मा भुक्तानी दिन बाँकी रकम २० लाख ६७ हजार ३२१ रूपैयाँ रहेको जनाएको छ । समितिले भौतिक व्यवस्थापन र दर्शनार्थीमैत्री पूर्वाधार निर्माणका लागि उक्त बजेट खर्च भएको र सोको भुक्तानी बुझाउन बाँकी रहेको उल्लेख गरेको छ ।

दश करोड बढी भेटी सङ्कलन

मुक्तिनाथ विकास समितिको खातामा रु १० करोड ३९ लाख ९८ हजार भेटी बापतको रकम मौज्दात रहेको जनाइएको छ । भक्तजनले रसिद काटेको र नगद चढाएको भेटी गरी उक्त रकम जम्मा भएको हो ।

यहाँ मुक्तिनाथ विकास समितिको पाँच वटा बैंक तथा वित्तीय संस्थामा सात वटा खाता सञ्चालनमा छ । भारतीय तथा अन्य विदेशी पर्यटकले चढाएको विदेशी मुद्रा मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । विदेशी भक्तजनले चढाएको दान भेटी सहज रूपमा सटही हुन नसक्दा त्यसरी राखिएको हो ।

समितिका अनुसार विदेशी मुद्रा सटही हुन बाँकी रहेको अमेरिकी डलर ९१८, मलेसियन रिङ्गेट १५०, क्यानेडियन डलर १००, सिङ्गापुर डलर १५, अष्ट्रेलियन डलर २०० र भारतीय मुद्रा १७ लाख एक हजार ५४८ रूपैयाँ रहेको छ । यसैगरी यहाँ सटही हुन नसकेको भारतीय मुद्रा जिल्ला प्रहरी कार्यालयमा राखिएको समितिले जनाएको छ ।

मुक्तिनाथ विकास समितिले आव २०८१र८२ मा रु २२ लाख ६७ हजार ५८२ रूपैयाँ खर्च भएको जनाएको छ । उक्त खर्च कर्मचारीको तलब, कम्युटर तथा स्टेशनरी, कर दाखिलालगायतका २१ शीर्षकमा भएको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ०८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा