१५ भदौ २०८३, सोमबार | August 31, 2026

कोशी एमालेमा विद्या भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध



विराटनगर। विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।

हिजो र अस्ती धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गिरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा), खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर) ,सत्यनारायण चौधरी (मोरङ) रहेका छन ।

यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।

खतिवडाका अनुसार भदौ ३ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखिएका छन् । एक साताभित्र आयोजना हुने बैठकमा विधान संसोधनका विषयमा ब्यापक बहस हुने, त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।

जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ ।

अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएकै होः खतिवडा

बैठकमा कतिपय केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासो आइरहेका सवालमा पार्टी प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएको बताए ।

‘पार्टी बैठकमा ४२ जना कमरेडहरुले बोल्नु भयो । केही कमरेडहरुले पार्टी केन्द्रको निर्णय र अपानि १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो ’ खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन, तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरुले बोल्ने समय पाउनु भएन ।’

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः एमालेमा सक्रिय हुने चासो राखे पछि अहिले एमाले भित्र त्यसका बारेमा बहस गर्न खोज्नेलाइ रोक लगाइएको असन्तुष्ट नेताहरूले जनाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तर पार्टी निर्देशन १२ जारी गर्दा पार्टी केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका पार्टी कमिटीमा पठाएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ९ : ३६ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक