६ माघ २०८२, मंगलबार | January 20, 2026

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ



तानसेन । लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरुको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।

सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए । व्यवस्थापक बमरेलमाथि रु दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ ।

“सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारिक प्रयोजनमा खर्च गरी ठगी गरेको जाहेरी परेपछि बमरेललाई पक्राउ गरिएको हो”, उनले भने ।

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि बमरेललाई २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा जाहेरी दिएको उक्त सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताए ।

रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको उक्त सहकारीमा करिब तीन हजार ५०० शेयर सदस्य छन् । व्यवस्थापक बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको आरोप छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ९ : २७ बजे

कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उम्मेदवार बन्ने

बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले)

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ