२ पुस २०८२, बुधबार | December 18, 2025

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः प्रचण्ड



भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने बताएका छन् ।

भक्तपुरमा आज आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले चाँगुनारायणमा सञ्चालन भएको एभोकाडो अभियानबाट सबै स्थानीय तहले सिक्नुपर्ने बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, “चाँगुनारायणमा सञ्चालन गरेको एभोकाडो सिटी अभियानले प्राप्त गरेको सफलताबाट देशभरका सात सय ५३ स्थानीय तहले सिक्नुपर्छ । प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रको माटो सुहाउँदो कृषि, फलफूललगायतका कृषि उपज फलाउन सके देश कृषिमा आत्मनिर्भर हुन्छ ।”

राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै अप्रचण्डले मौलिक नमूनासहितको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य रहेको बताए । पछिल्लो समय ‘देशमै केही गरौँ, देशमै आत्मनिर्भर बनौँ’ भनेर धेरै युवाहरुले समूहगत रुपमा काम गर्न थालेको बताउदै उनले भने, “विदेशीको नक्कल गर्ने प्रवृत्ति दुर्भाग्यपूर्ण छ, आफ्नै देशमा रोजगारी सिर्जना गर्नेतिर सबैले आ–आफ्नो ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्छ । सबै जुटे देश आत्मनिर्भर हुन समय लाग्दैन ।”

देशमा मौलिक अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने प्रचलन बढेकामा चिन्ता व्यक्त गर्दै प्रचण्डले नेपालको संस्कृति, भाषा एवं देशप्रति गर्व गर्ने मानसिकताको विकास हुन नसक्नु आजको चुनौती रहेको बताए ।

देशभित्रै प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा अथाह सम्भावना रहेको औल्याँउदै उनले सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढ्न सके देश विकास टाढा नभएको बताए। देशमै रोजगार सिर्जना भई उत्पादकत्व वृद्धि हुने र विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने बताउँदै उनले नयाँ नेपाल निर्माणका लागि सबैले त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोम मिश्र, सिटी एभोकाडो अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डिपी ढकाल, अभियानका चाँगुनारायाण संयोजक नरेश खड्कालगायतले एभोकाडो अभियानले ल्याएको सकारात्मक ऊर्जाबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : ४३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल