१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मापसे गरेका दिनेश पाण्डेले चलाएको मोटरसाइकलको ठक्करबाट बुटवलमा घाइते सुमोद श्रेष्ठको मृत्यु



बुटवल । बुटवलमा भएको मोटरसाइकल दुर्घटनामा घाइते ३१ वर्षीय युवाको उपचारको क्रममा ज्यान गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट घर भएका सुमोद श्रेष्ठको दुर्घटनाबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार साउन २७ गते रातको करिब साढे ९ बजे बुटवलको तीनकुने चोक नजिकै श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

पैदल हिँडिरहेका उनलाई लु ७६ प ४९४६ नम्बरको मोटरसाइकलले ठक्कर ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई दुर्घटना लगत्तै उद्धारगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको र थप उपचारका लागि बुटवलकै लुम्बिनी सिटी अस्पतालमा लगिएकोमा चिकित्सकले २९ गते मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ अर्घातोष निवासी ३१ वर्षीय दिनेश पाण्डे पनि घाइते भई लुम्बिनी सिटी अस्पतालमै उपचाररत रहेका छन् । मापसे गरेर मोटरसाइकल चलाइरहेका पाण्डेले चलाएको मोटरसाइकलको ठक्करबाट श्रेष्ठ घाइते भएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी इन्द्र रानाले बताए । घाइते अवस्थामा रहेका मोटरसाइकल चालक प्रहरीकै निगरानीमा रहेको जनाउँदै उनले उपचार पश्चात हिरासतमा लिएर सवारी ज्यान अन्तर्गत मुद्दामा अनुसन्धान गरिने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ०६ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा