६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा नेपाल मगर महिला संघको मातृभाषा जागरण अभियान, पाँच भाषाका कविता बाचन



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले जिल्लामा मातृ भाषा जागरण अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत शनिबार बुटवलमा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पाँचवटा एकल जातीय मातृभाषामा कविता बाचन गरिएको छ ।

मातृ भाषाको संरक्षण, पहिचान तथा पुस्तान्तरणको उद्देश्य सहित मगर महिला संघले अभियान सञ्चालन गरेको हो । अभियान अन्तरगत आज मगर, नेवारी, थारु, गुरुङ तथा तामाङ भाषाको कविता बाचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय सहअध्यक्ष दलबहादुर विरकट्टा मगरले आदिबासी जनजातिहरुको भाषा, सँस्कृति तथा पहिचानको संरक्षणका लागि साहित्यको ठूलो भूमिका रहने उल्लेख गरे । आगामी पुस्तालाई पहिचान र सँस्कृति हस्तान्तरणका लागि घर परिवार र समुदायमा एक भएर लाग्नुपर्ने बताउँदै उनले राज्यले यसको संरक्षणमा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जनक थापा, संघका रुपन्देही कार्यबहाक अध्यक्ष टेकबहादुर रेश्मी, आदिबासी जनजाती महासंघ रुपन्देहीका सल्लाहकार शंकर गाहा, मगर युवा संघ केन्द्रीय महासचिव राम अस्लामी मगर, गुरुङ भाषाविज्ञ तथा अभियन्ता भिम गुरुङ लगायतले बोल्दै आदिबासीको अधिकार स्थापित गर्नका लागि भाषा र सँस्कृतिको संरक्षण पहिलो शर्त भएको उल्लेख गरे । राज्यले आदिबासीहरुको भाषा, सँस्कृति र पहिचानलाई संरक्षण गर्नका लागि विद्यालयतहमा पाठ्यपुस्तकमै व्यवस्था गर्नुपर्ने उनीहरुको जोड थियो ।

कार्यक्रममा लक्ष्मी श्रेष्ठ, दिलमाया थिङ लामा, बमबहादुर थारु लगायतले मातृभाषामा कविता बाचन गरेका थिए । नेपाल मगर महिला संघ रुपन्देही सचिव खिमा श्रीसको सञ्चालन तथा अध्यक्ष निर्मला थापाको स्वागत तथा अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : ५८ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न